रौतहट ।। पछिल्लो समय जनप्रतिनिधिहरु आफ्नो गाडी एम्वुलेन्सको रुपमा प्रयोग गर्न दिएको हलै हला भई रहे पनि वास्तवीक भन्न अर्कै रहेको छ । विश्व नै कोरोनो भाईरसबाट अक्रान्त रहेको अवस्थामा नेपालमा दोश्रो लहरको भाईरसले अत्यधिक प्रभावती बनाएको अवस्थमा जनप्रतिनिहरुको उपस्थिती एक दम नगन्य अवस्थामा रहेको देखिन्छ । तर वाहवाही लुटन समय समयमा जनताकै करबाट खरिद गरिएको गाडी जनताको सेवामा दिएको भन्दै समाजिक संजाल तथा विभिन्न संचार माध्यमहरु होडबाजी नै चलेको छ ।
बास्तवीक भन्ने अकै रहेको छ, जनताको करबाट संचालन हुने स्थानीय सरकारको प्रत्येक सम्पति नागरिकको लागि खर्चिनु पर्ने भए पनि आफुले प्रयोग गर्दै आएको जनताको करबाट खरिद गरिएका गाडी आफ्नो गाडी भन्दै स्थानीय क्षेत्रमा संचालन हुन लागेको आईसुलेसनमा एबुलेन्सको रुपमा प्रयोग गर्न दिने भन्ने भन्दै हला मचाए पनि त्यही जनप्रतिनिधिहरु दैनिक ५ हजार देखि ७ हजार सम्मको गाडी भाडामा लिई एैस मौज गरि रहेको जनताको गुनासो रहेको छ । त्यस्तो गाडी हाम्रो सेवाको लागि चाहिदैन हामी आफै १÷२ हजारमा व्यवस्थापन गर्न सक्ने स्थानीय नथुनि साहले आक्रोस व्यक्त गरे । त्यस्ता जनाप्रतिनिधिहरुले जनताको सेवा भन्दा आफुलाई एैस मौजमा र पवलीसीटीको लागि मात्र त्यस्तो कार्य गर्दै आएको आरोप स्थानीया साहले लगाए ।
यसै सम्बन्धमा संगम खवर संगको कुराकानीमा, परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादवले, आफुले प्रयोग गरिरहेको जनताको करबाट खरिद गरिएको गाडी जनताकै सेवामा छोडदै आफु चाही मोटरसाईकलमा यात्रा गर्दा विपदको समयमा नागरिका प्रति गरेको सेवाले सन्तुष्टी प्राप्त भएको बताउनु भएको छ । उहाँले भने, सरकारी गाडी जनताको सेवामा दिदाँ, जनप्रतिनिधिहरु वाहवाही लुटे पनि जनतकै पैसाले महंगो गाडी भाडा लिई एैस मौज गर्नु नागरिकको जनप्रतिनिधिहरुले अपमान गरेको आरोप लगाएका छन् ।
आज आईतवार अधिकृत यादवले आफनो फेसवुकमा राखेको एउटा स्टेटसमा , हाल स्थानिय तहको जनप्रतिनिधिहरुले कोभिड महामारिको बेलामा खेल्नु भएको भुमिका सरै नै सराह्निय छ । यसै क्रममा आफुले चढ्दै गरेको गाडिलाई जनतालाई आकाशमिक अबश्यकता परेको बेलामा प्रयोग गर्नलाई दिई आफू चाही दैनिक ५ हजारको दरमा गाडी भाडामा लिई चढ्नु हुन्न भने बिश्वास जनतालाई कसरी दिलाउनु हुन्छ ? मैले चढ्दै गरेको गाडी ना १ ब १६६० नम्बरको पिकअप परोहा असपतालको आइशोलेशन व्यवस्थापनमा दिई ना १ ब ३४९४ नम्बरको मोटर साईकल चढी रहे छु अधिकृत यादवले लेखनु भएको छ ।
यसले के प्रमाणित गरिरहेको छ की, नागरिक प्रतिको उतरदायी जनप्रतिनिधि विर्से कै छ र आफनै मौजमस्तीमा व्यस्त रहेको प्रमाणित भईरहेको छ ।
यस्ता जनप्रतिनिधिहरुमा अगामी निर्वाचनमा आम नागरिकले आवश्य नै ध्यान दिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here