काठमाडाैं ।। कोरोनाको कारण नेपाली चलचित्रका सफल निर्देशक कवि, गीतकार, मुक्तककार, उपन्यासकार, चलचित्र लेखक, लोक संस्कृतिविद एवम् संकलक चेतन कार्कीको निधन भएको छ ।
८४ वर्षका उहाँलाई आइतबार कोरोना संक्रमण पुष्टि भएपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।
कार्कीले विश्वास,पहिलो प्रेम, मनको आँखा,भूमरीलगायतका सफल चलचित्र निर्देशन गर्नुभएको थियो । उहाँले एक सयभन्दा बढी चलचित्रमा कथासमेत लेख्नुभएको छ । उहाँले ‘परिवर्तन’ देखि चलचित्रका कथा लेखन शुरु गर्नुभएको थियो ।
१ श्रीमती र दुई छोराका साथमा ललितपुरमा बसोबास गर्दै आउनु भएका कार्कीको निधनले नेपाली कला,साहित्य र संस्कृति क्षेत्रको एक धरोहर गुमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here