काठमाडाैं ।। कोरोनाका कारण विश्वभर ३३ लाख ३३ हजार मानिसको मृत्यु भएको छ । कोरोना भाइरस सम्बन्धि तथ्याङ्क अपडेट गराइरहेको वल्डमिटरर्सका अनुसार १६ करोड ३९ लाख ८ हजार मानिसमा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमित भएका मध्ये १३ करोड ८१ लाख ९० हजार मानिसहरु उपचार पछि स्वस्थ भैसकेका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ५ लाख ९६ हजार मानिसको मृत्यु भएको छ भने भारतमा २ लाख ५४ हजार मानिसको मृत्यु भएको छ । यस्तै ब्राजिलमा ४ लाख २५ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् । फ्रान्समा १ लाख ६ हजार मानिसको मृत्यु भएको छ । रसियामा कोरोनाका कारण हाल सम्म १ लाख १४ हजारको मृत्यु भएको छ । बेलायतमा भने १ लाख २७ हजार मानिसको मृत्यु भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।