रौतहट ।। रौतहटमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसका साथै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४८२ पुगेको जिल्ला अस्पताल गौरले जनाएको छ ।
गौर अस्पतालको पिसिआर ल्याबमा १४१ जनाको स्वाब परिक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल गौरले जनाएको छ । आज थपिएकाहरुमा सबै भन्दा बढी गौर नगरपालिकामा १४ जना, मौलापुरमा ११ , परोहामा १० ,राजदेवीमा ५ गढीमाईमा ३, चन्द्रपुरमा ३ , बौधीमाईमा २ , वृदवानमा २, फतुवा विजयपुरमा २ , यमुनामाईमा २ , माधवनारायणमा २,गरुडामा १ , कलैयामा २ र आशर्स कोत्वाल(बारा)मा १ जना रहेका छन ।
गौर नगरपालिकामा संक्रमितको सँख्या सय नाघेर १ सय २ पुगेको छ । हाल सम्म ५४९ जनामा संक्रमण पुष्टी हुदा ५१ जना निको भएर घर फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हिजो मात्रै जिल्ला मा ४९ संक्रमित थपिएका थिए ।
त्यस्तै कोरोना संक्रमणका कारण रौतहटमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गरुडा नगरपालिका ४, बौधिमाई नगरपालिका २ र राजदेवि नगरपालिका २ का गरी तिन जना पुरुषको मृत्यु भएको जिल्ला अस्पताल गौरले जनाएको छ । कोरोना संक्रमणका कारण रौतहटमा मृत्यु हुनेको कुल सँख्या २६ पुगेको छ ।
जिल्लामा निषेधागा जारी रहदा पनि संक्रमणको दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १ गतेबाट पूर्ण लकडाउन गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here