काठमाडौं ।। नेपालमा एकैदिन थप आठ हजार भन्दा बढी कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८५० जना संक्रमित थपिएका छन्। यसका साथै देशभर कोरोना संक्रमतिको कुल संख्या ३ लाख ९४ हजार ६६० पुगेको छ ।
पीसीआर र एन्टिजेन परीक्षणबाट उनीहरूमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ८ हजार ७७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १८ हजार ७८७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, देशका विभिन्न ठाउँमा ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना भाइरस संक्रमणको संकेत ९एन्टिजेनट पोजिटिभ० देखिएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ६८४ पुगेको छ।
हालसम्म देशभर ८८ हजार १ सय ६० जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here