काठमाडढाैं ।। काेराेना सङ्क्रमित कर्मचारीले १४ दिन काज बिदा पाउने भएका छन् । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो । जसअनुसार कोभिड सङ्क्रमण भई घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज बिदा दिने व्यवस्था गरिएको हो । यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज बिदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ । सङ्क्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार मन्त्रिपरिषद्को १० मंसिर ०७७ को बैठकले कोभिड काज बिदाको निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपपरिषद् कार्यालयले १५ वैशाखमा पुनः परिपत्र गरेर कोभिड काज बिदा दिन भनेको हो । सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोभिड सङ्क्रमितलाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदाको व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here