दाङ ।। रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा भिषण आगलागी भएको छ । सोमवारदेखि जंगलमा लागेको आगो हिजो दिउँसो नियन्त्रण भन्दा बाहिर जादा वडाको अधिकांश मानव बस्तीमा फैलिएको थियो । बस्तीमै आगलागी पुगेपछि झन्डै ४० घरगोठ जलेर नष्ट भएको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट २१ वटा घर र १९ वटा गोठ गरी चालिस वटा घरगोठ जलेर नष्ट भएका छन् । जंगलमा लागेको आगो स्थानियहरुले सोमवारदेखि नै नियन्त्रणमा लिने प्रयास गरेपनि हिजो हावाहुरीका कारण मानव बस्तीमा पस्दा घरगोठ जलेर नष्ट हुनुको साथै दर्जनभन्दा बढी पशुचौपाया मरेको अध्यक्ष वलीले जानकारी दिनुभयो । दिउँसोको समय भएकाले मानविय क्षति भने नभएको उहाँले बताउनुभयो । घटनाको सम्पुर्ण विवरण आउन बाँकी रहेको छ । वडाको नुवावाङ, धनवाङ ,बर्तिवाङ, रामपुर लगाएतमा मानव बस्तीमा आगलागी भएको हो । आगो अझै पुर्ण रुपमा नियन्त्रणमा आएको छैन र नियन्त्रणमा लिनका लागी स्थानिय, सुरक्षाकर्मी र जनप्रतनिधिहरु खटिएको उहाँले जानकारी दिनुभयो । आगलागी पिडितहरुलाई सुरक्षित ठाउँमा सारिएको र तत्काल व्यवस्थापनको लागी तयारी भईरहेको अध्यक्ष वलीले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here