काठमाडाैं ।। कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा भोलि देखि जारी हुने निषेधाज्ञाका क्रममा विवाहमा सहभागी हुन २ वटा गाडीसम्म प्रयोग गर्न पाइने भएको छ । निषेधाज्ञाका क्रममा विवाहका लागि २ वटा गाडीसम्म प्रयोग गर्नुपरेमा प्रशासनको अनुमति लिनुपर्ने छैन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि देखि लागू हुने गरी सोमबार जारी गरेको आदेशमा संशोधन गर्दै विवाहमा सहभागी हुन व्यानर र दुलाहा दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था गरेको हो । निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here