काठमाडाैं ।। कोरोना सङ्क्रमण बढ्दै गएपछि साउदी अरबले कडाइ गर्न थालेको छ । साउदीले जानाजानी कोरोना भाइरस सङ्क्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ । साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको हो । साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने समेत बताईएको छ । साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ । साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here