काठमाडाैं ।। एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराउनुभएको हो । पार्टीको ह्वि पविपरीत फ्लोर क्रस गरेका सांसदहरु सल्यान प्रदेशसभा ख बाट निर्वा चित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा क बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा कबाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं १ ख बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन् । चारै जनाले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्छ । सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, काँग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।
Home प्रदेश समाचार कर्णाली प्रदेश एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त
एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारजना सांसद पदमुक्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।