रौतहट ।। रौतहट जिल्लाको ५ स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ को सफल बनाउने उदेश्यले स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । नेपालको १२ औ तथा संघीय राज्यको पहिलो हुन् लागेको राष्ट्रिय जनगणना २०७८ को अभियान सफल बनाउन तथा जनगणनाबाट कोहि छुट्न नपाओस भन्ने लक्ष्यले स्थानीय जनगणना कार्यलय स्थापना गरिएको हो ।
नेपाल सरकारको केन्द्रिय तथ्यांक विभागको निर्देशन अनुसार बैशाख १ गते देखि ४ गते भित्रमा स्थानीय जनगणना कार्यालय स्थापना गर्नु पर्नेमा सोहि अनुसार कार्यलय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय रौतहटका जनगणना अधिकारी देवनाथ यादवले बताउनु भएको छ ।
मेरो गणना, मेरो सहभागिता भन्ने मूल नाराका साथ हुन् गैरहेको राष्ट्रिय जनगणनाको लागि गौर नगरपालिकाको गौर , बौधीमाइ नगरपालिका , कटहरिया नगरपालिकाको कटहरिया , गरुडा नगरपालिकाको गरुडा र चन्द्रपुर नगरपालिकाको चन्द्रपुरमा स्थानीय प्रमुखको उपस्थतिमा कार्यालय स्थापना गरिएको अधिकारी यादवले जनाएको छ ।
गौरमा स्थापना गरिएको कार्यालयबाट गौर , इश्नाथ नगरपालिका, राजदेवी नगरपालिका , दुर्गा भगवती गाउपालिका , यमुनामाइ गाउपालिका ,चन्द्रपुरमा स्थापना भएको जनगणना कार्यालयबाट चन्द्रपुर , गुजरा नगरपालिका , वृन्दावन नगरपालिकाको तथ्यांक संकलन गरिने छन् ! बौधीमाइ नगरपालिकामा स्थापना भएको कार्यालयबाट बौधीमाइ , मौलापुर ,परोहा नगरपालिका , राजपुर नगरपालिका , कटहरिया नगरपालिकाको कटहरियामा स्थापना गरिएको कार्यालयबाट कटहरिया नगरपालिका , फतुवा विजयपुर ,देवाही गोनाही नगरपालिकाको गणना गरिने अधिकारी यादवले जनाए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here