काठमाडाैं ।। ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आजपनि एक मात्रै खेल हुने भएको छ । आज हुने खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुने छ । चेन्नईको एमए चिदम्बरम् स्टेडियममा हुने यी टोली बीचको खेल राती ८ बजेबाट सुरु हुने छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले सिजनमा पहिलो जित हात पारेको हो । मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो । जितसँगै मुम्बईले २ खेलमा २ अङ्क जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरसँग २ विकेटले पराजित भएको थियो । कोलकत्ताको यो पहिलो हार हो । कोलकत्ताले पनि २ खेलमा २ अङ्क जोडेको छ । पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको थियो ।
आईपीएल क्रिकेटमा आज हैदरावाद र बैङ्गलोगर खेल्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












