काठमाडाैं ।। संयुक्त राष्ट्र मानवाधिकार संस्थाले म्यान्मारमा जारी हिंसाले सिरियाको जस्तो अवस्था उत्पन्न हुन सक्ने चेतावनी दिएको छ । संस्थाका प्रमुख मिचेल ब्याचलेटनले सेनाले म्यान्मारमा गरेको कुपछि उत्पन्न परिस्थितिले त्यहाँ सिरिया जस्तो स्थिति बन्न सक्ने बताउनुभयो । म्यान्मारमा सेनाको हिंसाका कारण सिरिया जस्तो उत्पन्न हुनु चिन्ताजनक विषय भएकाले त्यसलाई तत्काल कसरी नियन्त्रण गर्न सकिन्छ त्यसतर्फ सबैको ध्यान केन्द्रीत हुनु आवश्यक रहेको उहाँको भनाइ छ । म्यान्मारमा सैनिक शासन लागू भएपछि त्यहाँ एक वर्षका लागि शंकटकालको घोषणा गरिएको छ भने प्रजातन्त्रवादी नेतृ सुचीको समर्थनमा नागरिकहरु सडकमा उत्रिएका छन् । निरन्तरको आन्दोलनका कारण म्यान्मारमा हालसम्म सेनाको दमनमा परि २ सयभन्दा बढीको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसंघले पनि म्यान्मारमा सैनिक कुलाई तत्काल रोक्न आग्रह गरिसकेको छ भने विश्वका विभन्न मुलुकले म्यान्मारलाई दिने सहयोग र सम्झौता रद्द गरिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here