काठमाडाैं ।। अमेरिकाको राजधानी स्थित संसद भवन क्षेत्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । संसद भवनको सुरक्षाका लागि लगाइएको बारमा कार ठोक्किएको थियो । त्यसपछि चालकले प्रहरीलाई अधिकारीमाथि चक्कुले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको गोली लागेर आक्रमण संलग्न व्यक्तिको पनि मृत्यु भएको छ । संसद भवनमा तीन महिना पहिले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसात्मक आक्रमण गरेका थिए । अहिलेको आक्रमण आतंककारी गतिविधिसँग सम्बन्धित नरहेको अधिकारीले बताएका छन् । आक्रमणकारी २५ वर्षका नोहा ग्रिन नाम गरेका व्यक्ति रहेको जनाइएको छ । इन्डियानाका उनी विगतमा कुनै पनि प्रकारको आपराधिक गतिविधिमा संलग्न भएको सूचना नरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here