काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा चार हजार २१३ जनामा पीसीआर परीक्षण गर्दा थप १५२ जना कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६५ जना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएको छ । योसँगै देशभरकोरोना मुक्त हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ । हाल क्वारेन्टिनमा ६३ जना छन् भने आइसोलेसनमा १ हजार ५७९ जना रहेको मन्त्रालयले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।