काठमाडौं ।। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलाेकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो ।
गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो । साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो ।
सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वाेच्च गएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here