एजेन्सी ।। डेनमार्कमा कोरोना भाइरसविरुद्ध लगाईंदै आएको अस्ट्राजेनिका खोप अझै तीन हप्ता नलगाइने भएको छ । रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप लगाउने अभियान स्थगित गरिएको थियो । स्थगनको समयावधि अझै तीन हप्ता लम्बिने भएको छ । खोप लगाउने अभियान थप तीन हप्ता स्थगन गर्ने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् । खोपको गुणस्तर, प्रभावकारिता र उपयोगिता माथि शङ्का गर्दै खोप लगाउने अभियान स्थगन गर्ने डेनमार्क नै पहिलो मुलुक हो । डेनमार्कले मध्य मार्चमा स्थगत गरेपछि अरु धेरै देशहरूले पनि खोप लगाउने अभियान स्थगन गरेका थिए । कतिपय देशहरूले अहिले पनि खोप लगाउन फेरि सुरु गरेका छैनन् भने कतिपय देशहरूले पहिला स्थगन गरेपनि अहिले फेरि खोप लगाउन थालेका छन् । खोपको गुणस्तर र उपयोगिता माथि प्रश्न उठे पनि धेरै देशहरूले भने खोप लगाउने अभियान स्थगित गरेका थिएनन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) लगायतका धेरै अन्तर्राष्ट्रिय निकाय र पछिल्ला विभिन्न अध्ययनहरुले समेत खोपप्रति शङ्का गर्नु आवश्यक नरहेको बताउदै आएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here