काठमाडाैं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक तयारीका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) लाई ८ बुँदे सुझाव दिएको छ । छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को सङ्क्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई हिजो ८ बुँदे सुझाव दिएको हो । नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को सङ्क्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको सीसीएमसीले विज्ञप्तिमार्फत जनाएको छ । यसैबीच नेपालले भारतको सेरम इन्ष्टिच्युटलाई पैसा यसअघि नै तिरिसकेकाले १० लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याउन कुनै समस्या नहुने भएको छ । खोप अप्रिल महिनाको पहिलो सातासम्म आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here