काठमाडौं ।। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् ।
विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै राजद्रोह र आपराधिक गतिविधिको मुद्दामा दोषी पाइएको बताएका छन् । उनीहरु सबै हर्कत उल जिहाद अल इस्लामि संगठनका लडाकुहरु रहेको न्यायाधीशले बताएका छन् ।
सन् २००० मा हसिनाको हत्याको प्रयासमा एक बम आक्रमण भएको थियो । हसिनाले लिएको धर्मनिरपेक्षताको नीतिको विरोधमा इस्लामिक कट्टरपन्थी समूहले हसिनाको हत्याको प्रयास गरेको हो ।
चरमपन्थी संगठनले हसिनाले भाषण गर्ने कलेजमा दुई बम राखेका थिए । सुरक्षाकर्मीहरुसँग भएको डिभाइसले उक्त बम पहिचान गरेको थियो र त्यसलाई निस्क्रिय बनाइएको थियो । सन् २०१८ मा हसिनाको पार्टी अवामी लिगले बंगलादेशको आम निर्वाचनमा जित हात पारेको थियो । यससँगै हसिना अहिले प्रधानमन्त्रीको चौथो कार्यकाल चलाइरहेकी छिन् ।याे समाचार अनलाइन खबरमा छापिएकाे छ ।
Home अन्तराष्ट्रिय बंगलादेशकी प्रधानमन्त्री हसिनाको हत्या गर्ने प्रयास गरेका १४ जनालाई अदालतले सुनाए मृत्युदण्डको...
बंगलादेशकी प्रधानमन्त्री हसिनाको हत्या गर्ने प्रयास गरेका १४ जनालाई अदालतले सुनाए मृत्युदण्डको फैसला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।