काठमाडाैं ।। घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । क्राइसचर्चमा हिजो दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्डले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो । बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस हारेर पहिले ब्याटिङ्ग गर्ने मौका पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ किवेट गुमाउँदै २ सय ७१ रन बनाएको थियो ।
यता, घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ । पुनेमा हिजो भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डलाई ६६ रनले पराजित गरेको हो । यस जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here