काठमाडौं ।। नेपालमा लकडाउनको घोषणा भएको एक वर्ष पूरा भएको छ । एक वर्ष अघि आजकै दिन सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । छिमेकी मुलुक भारतसहित विश्वभर कोरोना सङ्ेक्रमणको दर बढेसँगै सतर्कता अपनाउँदै सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो । एक सय २० दिन लामो लकडाउन साउन ६ गते अन्त्य भएको सरकारले घोाणा गरेको थियो । सबैक्षेत्र खुलेपनि घट्दै गएको कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । हाल खोप कार्यक्रम सञ्चालन भएपछिको अवस्थामा पनि नेपालमा कोरोना सङ्क्रमित बढेका छन् । छिमेकी मुलुक भारतमा सङ्क्रमित बढ्न थालेपछी नेपालमा पनि त्यसको असर देखिन थालेको छ । कारोना विरुद्ध स्वास्थ्यका मापदण्ड पालना भएको छैन भने सीमा नाकामा कडाई छैन । जसका कारण कोरोनाको सङ्क्रमण झन् बढ्ने जोखिम देखिएको छ । केहि हप्ता अगााडी सम्म सेती प्रादेशीक अस्पताल धनगढीमा कोरोना परिक्षण गर्न आउनेको सङ्ख्या शुन्य नै भएको थियो । तर अहिले परिक्षणका लागि दैनिक ३० जना सम्म आउने गरेका छन् । हिजो मात्र सेती प्रादेशीक अस्पतालको आइसियु कक्षमा ३ जना सङ्क्रमित भर्ना भएका छन् । उनीहरु तिनै जना भारतबाट आएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताउनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौमा पनि कोरोनाका विरामी बढ्न थालेका छन् । अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले सङ्क्रमण घटेपछि आकस्मीक कक्षमा सरदर ६ जना बिरामी उपचारमा हुने गरेकोमा अहिले यो सङ्ख्या बढ्न थालेको जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछी कतिपय प्रदेशमा फेरी लकडाउन गरिएको छ । सरकारले १६ वटा मुख्य नाकामा हेल्थ डेक्स राखेर नेपाल भित्रनेलाई जाँच गरेको भनेपनि कडाइ छैन । नाकाबाट सरदर ३ देखि ५ सय मानिसहरु नेपाल भित्रिरहेका छन् । खुल्ला सीमाका कारण हुने आवतजावतले नेपालमा पनि सङ्क्रमण बढ्ने जोखिम बढेको जनस्वास्थ्य विज्ञ डा. अनुप सुवेदीको भनाइ छ । २ दिन यता नेपालमा कोरोनाका सङ्क्रमित लगातार बढेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here