दाङ ।। दाङमा स्कुलबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा रहेको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा तुलसीपुर–१६ का अस्मिता डाँगी र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस आज बिहान साढे ५ बजेतिर ब्रेक फेल हुँदा तुलसीपुर–१५ को सरैयामा दुर्घटनामा परेको हो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।