काठमाडौं ।। नेपालमा कोरोना भाइरस बाट १२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ ।
मन्त्रालयका अनुसार आज थप १२३ जना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।
देशभरी आज १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
आज नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here