रौतहट ।। रौतहटको राजपुर नगरपालिकाको नगर प्रमुख सकिल अख्तरले वडा नं. ३ मा रहेको नवनिर्मित श्री किसान आधारभुत विद्यालय बलुवाको ३ कोठे भवन शुक्रवार एक कार्यक्रमक बीच उद्घाटन गरेका छन् । नगर प्रमुख अख्तरले भवन उद्घाटन गर्दै भौतिक पूर्वाधारले अबको शैक्षिक विकासमा दुख नहुने बताए।नगर प्रमुख अख्तरले बर्तमान सरकारले शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकता संग जोडिएका विषयलाई नगरले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । आधारभूत विद्यालय नै भविष्यको देशका कर्णधार जन्माउने स्थान भएकाले माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लगानी हुनुपर्नेमा नगर प्रमुख अख्तरले जोड दिनुभुयो ।विद्यालयको शैक्षिक तथा भौतिक विकासमा राजपुर नगरपालिका नगर प्रमुख अख्तरले सधै सहयोग र समन्वय गर्ने नगर प्रमुख गुप्ताले बताउनु भयो ।सो उद्घाटन कार्यक्रममा राजपुर नगरपालिकाका नि प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, वडाका वडा अध्यक्षहरु विभिन्न शाखाका कर्मचारी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियोे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here