काठमाडौं ।। एक नेपाली महिलाको भारतको राजधानी नयाँ दिल्लीमा गोली हानी हत्या गरिएको छ । भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन्।प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताए ।
प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here