काठमाडाैं ।। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरेको भन्दै समानान्तर गतिबिधि सुरु गरेको नेकपा–एमालेभित्रको ओलीइतर खेमाले आफ्नो आगामी कार्ययोजना तय गरेको छ।
पार्टीमा ओली प्रवृत्तिविरुद्ध लड्ने भन्दै पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आज बुधबारबाट दुई–दिने राष्ट्रिय भेला सुरु गरेको छ।
सो भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘आगामी काम’ उपशीर्षकमा १३–बुँदे योजना उल्लेख गरिएको छ।
बुँदागत रुपमा प्रस्तुत गरिएका ती योजनाहरु यस प्रकार छन्ः
–नेकपा एमाले र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने
–२०७५ जेष्ठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनको पुनर्स्थापना
(सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभागहरुको पुनर्स्थापना) गर्ने
– विधिविधानको पुनर्स्थापना र विकास गर्ने
– नवौ महाधिवेशनको कार्यदिशाको स्थापना गर्ने
– नवौँ महाधिवेशनपछि उत्पन्न भएका सबै विवादको विधिसम्मत समाधान गर्ने
–आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयको तयारी गर्ने
–केपी ओलीका गल्तीका कारण उनले राजीनामा गर्नुपर्ने
–कार्यवाहक नेतृत्वको तयारी गर्ने
–गुटका निर्णयहरु खारेज गर्ने
–पार्टीलाई पुर्वावस्थामा फर्काउने र जेष्ठ २ गतेको अवस्थामा लैजाने
– नवौँ महाधिवेशनको निर्णय र विधानको अवस्थामा लैजानुपर्ने
–पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने
–पार्टीलाई नेपाली समाजवादको दिशातर्फ अगाडि बढाउनुपर्ने
चुनौति
सो समूहले संविधान, लोकतन्त्र र राष्ट्रको आफ्नै खुट्टामा उभिने सामथ्र्यमा रहेको खतरा र कम्युनिष्ट पार्टी तथा समाजवादविरोधी शक्तिबाट हुनसक्ने खतरालाई अबका चुनौतिको रुपमा व्याख्या गरेको छ।याे समाचार नेपाल खबरमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here