सिरहा ।। सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिकाका ३८ वर्षका बलराम मण्डल रहेको बताइएको छ । मण्डललाई सुखीपुर नगरपालिकाबाट हिजो साँझ पक्राउ गरिएको सशस्त्र प्रहरीले बताएको छ । मण्डललाई आज नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको छ । आइतबार मध्याह्न् मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसहित ८ जना घाइते भएका थिए । घाइतेमध्य गम्भीर हुनुभएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ । उहाँलाई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मालपोत कार्यालयका नायव सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्समार्फत् उपचारका लागि विराटनगर लगिएको छ भने बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here