काठमाडाैं ।। दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथिका व्यक्तिलाई खोप नलगाइ फिर्ता गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । गत फागुन २३ बाट ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई खोप लगाउने गरी दोस्रो चरणको अभियान सुरु गरिएको थियो । तर केही खोप केन्द्रबाट ६५ वर्षभन्दा माथिका नागरिकलाई फिर्ता पठाइएको भन्ने गुनासो आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उमेर खुल्ने परिचयपत्र वा वडाको सिफारिसमा खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोप लगाइसकेपछि खोप कार्ड यात्राको क्रममा काम लाग्ने भएका कारण सुरक्षित रुपमा राख्न पनि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका अनुसार हालसम्म १५ लाख ५५ हजार ४ सय ४१ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here