मुम्बइ ।। यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसलेगर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ ।
यो जोडीले एक भिडियोमा भनेका छन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैछौं र मलाई यसबारे थाहा थिएन ।’ इन्स्टाग्राममा प्रियंकाले भिडियो पोस्ट गर्दै भनेकी छिन् । त्यस्तै निकले पनि ‘ओह, तपाईले त पहिल्यै सबैलाई बताउनुभएको थियो कि हामी ओस्कार मनोनितको घोषणा गर्दैछौं ।’ अनि, प्रियंका अलमलमा देखिन्छिन् र फेरि भन्छिन्, ‘ठिक छ, यो निकै राम्रो छ कि हामी ओस्कार मनोनयनको घोषणा गर्दैछौं । हामीलाई लाइभ हेर्नुहोला ।’
१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफु निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारीक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छिन् ।
याे वर्ष ओस्कार मनोनितको नाम घोषणा निक र प्रियंकाले गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












