काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ४८ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
यसका साथै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ११८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय २९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। हाल ५१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ६१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार १७७ पुगेको मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४३४ पुगेको छ।





