रौतहट ।। रौतहटमा एक युवकको घाँटी रेटी हत्या भएको छ । चन्द्रनिगाहपुर घर भएका एक युवकको निजगढमा घाँटी रेटी हत्या गरिएको छ । मंगलबार बिहान बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय युवक काले भनिने रोहित शर्माको एक्लै सुतिरहेको अवस्थामा धारीलो हतीयार प्रहार गरी घाँटी रेटी हत्या भएको प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिए । रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । उनी पेन्टरको काम गर्ने र दुई तले घरको माथिल्लो तल्लामा एक्लै बस्दै आएको स्थानीयले बताएका छन् । माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर मोटरसाइकल मार्फत भागेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको शरीर मृत अवस्थामा फेला पारेको हो । घटना बारे थपअनुसन्धानका लागि विशेष तालिम प्राप्त कुकुर झिकाइएको थियो। सिसि टिभि पुटेजका आधारमा हत्यामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा पान पसल गरेर बस्ने मक्करे भन्ने ३० वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।साहलाइ उनकै पान पसलबाट पक्राउ गरिएको प्रनाउ मिश्रले बताउनु भयो। साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले लतपतिएको कपडा र मोटरसाइकल बरामद गरिएको छ । मृतक शर्माको हत्या गरेर उनको घरबाट साह मंगलवार बिहान साँढे चार बजे मोटरसाइकलमा निस्केको सिसि टिभि पुटेजमा देखिएपछि प्रहरी बिहानै चन्द्रनिगाहपुर आएको हो । उनले हत्या आफैँले गरेको स्वीकार गरेका छन् तर के कारणले हत्या भएको भन्ने बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here