काठमाडौँ ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै, पछिल्लो २४ घण्टामा थप ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेहरुको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।यस्तै पछिल्लो २४ घन्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
मुलुकभर ८ सय ७० जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २१ लाख ९९ हजार ९ सय ५० पीसीआर परीक्षण भएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।