काठमाडाैं ।। संयुक्त राष्ट्रसंघले ‘बन्धक’ बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रुपमा रिहा गर्न म्यानमारको सेनासँग अपिल गरेको छ । म्यान्मारको याङ्गुनको एक अपार्टमेन्टमा सुरक्षकर्मीले सेना विरुद्ध प्रदर्शन गरिरहेका झन्डै २ सय प्रदर्शनकारीलाई एकत्रित गरेर त्यहाँबाट बाहिर निस्कन नदिएर बन्धक बनाएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयका अनुसार उनीहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका थिए । गत फेब्रुवरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिएपछि म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ । प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोगका कारण अहिलेसम्म कम्तीमा ५५ जनाएको मृत्यु भइसकेको छ । जिल्लाबाट आएका प्रदर्शनकारीहरुलाई सुरक्षकर्मीले साञ्चाङ्ग क्षेत्रको अर्पामेन्टमा घेरेर राखेको र उनीहरुलाई बाहिर निस्कन नदिएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
‘बन्धक’ बनाइएका प्रदर्शनकारीलाई सुरक्षित रुपमा रिहा संयुक्त राष्ट्रसंघको माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












