काठमाडाैं ।। भारतको पश्चिम बंगालको राजधानी कोलकातामा एक कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । पूर्व रेलवेको कोलाघाट कार्यालयमा आगलागी भएपछि आगलागी नियन्त्रणका लागि पुगेका दमकलकर्मी समेत ९ जनाको मृत्यु भएको र मृतकको सङ्ख्या थप हुन सक्ने बताइएको छ । १७ तल्लामा आगलागी भएको र हाल आगो नियन्त्रणमा आइसकेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । घटनाको बारेमा सूचना पाउनासाथ पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी घटनास्थल पुग्नुभएको छ । उहाँले घटनामा मृत्यु भएकाहरुको परिवारलाई १०÷१० लाख क्षतिपूर्ति र एक जना सदस्यलाई जागिर दिने घोषणा गर्नुभएको छ । आगलागी हिजो साँझ ६ बजेतिर भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		