रौतहट ।। नेपाल प्रहरीले रौतहट जिल्लाको बिभिन्न नाकाहरुबाट पक्राउ गरेका चोरी निकासी पैठारीका १३ लाख मूल्य बरावरको समान र सवारी साधन कार्यवाहीको लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।
नेपाल भारत सिमा बन्द भएको अवस्थामा अन्य बाटो भएर भारतबाट नेपालमा ल्याउदै गरेको कपडा लत्ता , खाद्यान्न सामग्री लगायतका समान पक्राउ गरी नेपाल प्रहरीले कार्यवाहिको लागि भन्सार कार्यालय चलान गरेको हो ।
सिमा क्षेत्रबाट हुने भन्सार छली चोरी निकासी र पैठारीको कार्य नियंत्रण गर्ने अभियान अंतर्गत गस्ती टोलीले चेकजाच गर्ने क्रममा पक्राउ गरिएको १२ लाख ९६ हजार ३८० रुपिया बरावरको समान र सवारी साधन भन्सार कार्यलयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले जानकारी दिनु भएको छ ।
विना भन्सारको चोर बाटो भएर नेपालमा ल्याउदै गरेको अवस्थामा पक्राउ परेका खंसी ४ वटा, ट्रयाक्टरको ट्रलीमा लोड गरी ल्याएको अल्मुनियमको ढोका ८ वटा, झ्याल–१९ वटा र त्यसमा लाग्ने विड सहित १ वटा ट्रयाक्टर, २ वटा बलोरो, १ वटा मारुती कार, २ वटा मोटरसाईकल समेत गरी गम्छा, खैनी, अन्डर वेयर, सुती साडी, पेन्ट, कस्मेटिक लगायतका सर–सामानहरु र २ जना व्यक्ति रहेको प्रहरीले जनाएको छ । भन्सार चलान गरिएको ट्रेक्टर , कार , बोलोरोको नम्बर तथा पक्राउ परेको व्यक्तिको नाम प्रहरीले सार्वजानिक भने गरेको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here