काठमाडाैं ।। सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार खोप खरिदका लागि अर्थ मन्त्रालयले स्रोत पनि सुनिश्चित गरिदिएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा हिजो सचिव अर्यालले थप ५० लाख डोज खरिदका लागि प्रक्रिया शुरु गरिसकेको बताउनुभयो । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालमा १४ माघदेखि खोप अभियान सुरू भएको थियो । नेपालले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गरेको छ, जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी छ । यो १५ दिनभित्र आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो । चीनले पनि ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको छ । यस्तै कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख आउँदैछ । यो सबै गर्दा सरकारसँग १ करोड १० लाख डोज खोप हुने सचिव अर्यालले जानकारी दिनुभयो ।
सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया अघि बढ्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।