काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएपछि प्रचण्ड–माधव समूहका नेताले दौडधूप गरिरहेका छन् । आगामी सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् । २३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड–माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here