काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै थप ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार पाँच सय ४३ पुगेको छ ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । अहिले नौ सय ७४ जना आइसोलेशनमा रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here