काठमाडाैं ।। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाउन चाहेको भए हटाउन चुनौती दिएका छन्। झापाको बिएण्डसी मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गर्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउन चेतावनी दिएका हुन्।‘सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युँतायो ठिकै छ। अब कसरी अगाडि जान्छ, म पनि हेर्छु। म अदालतको फैसला मान्छु कार्यान्वयन गर्छु’, ओलीले भने, ‘२३ गते प्रतिनिधि सभाको अधिवेशन बस्छ। राम्रोसँग अघि बढ्छ।’ उनले आफू सकारात्मक रुपमा अघि बढ्ने बताए। ‘अहिले पनि मलाई कसैले सक्छ भने हटायोस्। तर, हटाउन सजिलो छैन’ ओलीले भने, ‘म खुशी साथ हट्छु। तर, २ वर्षपछिको चुनावमा दुई तिहाइका साथ सिंहदरबार फर्कन्छु।’आफू नकारात्मक नभएको भन्दै उनले कहिँकतै मुद्दा लड्न र निवेदन दिएर प्रधानमन्त्री बन्न नजाने बताए। ‘म निवेदन हाल्न जाँदिन। तपाईंहरुकहाँ (जनतामा) आउँछु’, ओलीले भने ‘विगतमा पनि न्याय दिनु भएको छ। अब पनि दुईतिहाइ दिनुहुन्छ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here