रौतहट ।। रौतहटको गुजरा नगरपालिकामा शहरी विकास मन्त्री प्रभु साहले एक कार्यक्रम बीच विहिवार सडक उद्धघाटन तथा पुल सिलान्यास गर्नु भएको छ । सो पुलका साथै बालचनपुर—जंगलसैया र परसवा— पल्टुवासम्मको कालोपत्रेको पनि उद्घाटन गर्नु भयो । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय विरगञ्जबाट गुजरा नगरपालिकामा निर्मित परसवा—पल्टुवा—खल्बैया सडकको मन्त्रि साहले विहिबार विधिवत रुपमा उद्घाटन गर्नु भएको हो । सोे कार्यक्रममा आफ्नोे भनाइ राख्नु हुदै मन्त्रि साहले समयमा नै कालोेपत्रे सम्पन्न गरेकोमा धन्यवाद दिनु हुदै आफुले उद्घाटन गरेको पुल २ बर्षभित्र सम्पन्न गर्नु पर्ने समयावधि रहेको भएतापनि त्योे समय भन्दा अगाडी सम्पन्न हुनेमा विश्वस्त रहेकोे बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै साहले सरकारले तोकेको अगामी बैशाख १७ र २७ गतेनै निर्वाचन हुने दाबी गर्नु भयो ।
उहाँले सोही अवसरमा दवैद्ध चरित्रको कारण नेपाली कांग्रेस पार्टी साँघुरिदै गएको बताउनुु भएको छ । बिहिवार डिविजन सडक कार्यालय रौतहटद्धारा आयोजित पक्कीसडक उदघाटन तथा पुल सिलान्यास कार्यक्रमलाई संबोधन गर्दै मन्त्री साहले उक्त कुरो बताउनुु भएको हो ।
प्रधानमन्त्री केपी ओलीले नया जनादेशका लागी संसद बिघटन गरेर अगामी बैशाख १७ र २७ गते दुुई चरणमा चुनावको घोषणा गरेका छन ।
पुल सिलान्यास तथा सडक उदघाटन समारोहमा मन्त्री प्रभुु साहका साथै बिधायक कुन्दन कुशवाहा , सडक डिभिजन कार्यालयका प्रमुख , प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , सशस्त्र प्रहरी उपरिक्षक सुरजसेन ओली , कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा , मौलापुरका नगर प्रमुख रिना कुमार साह लगायत बिजय यादव , त्रिभुवन साह पार्टीका नेता कार्यकर्ता तथा स्थानिय नागरिकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here