काठमाडौं ।। नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ।
बिहीबार ह्दयघातका भएर अस्पताल पुर्‍याइएका दाहालको आज विहान ओम अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। १२ वर्षअघि मिर्गौलाको प्रत्यारोपण गरेका दाहाल राजनीतिसँगै समाजसेवामा संलग्न थिए । ५८ वर्षीय दाहालले फागुन ४ गते मात्रै कोरोनाविरुद्धकाे खोप लगाएका थिए।
प्रदेशसभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नम्बर ‘क’ बाट उम्मेदवार बनेका दाहाल तत्कालिन नेकपा एमालेका उम्मेदवार अमिरबाबु गुरुङसँग पराजित भएका थिए। दाहालकाे निधनले कांग्रेसकाे एक याेद्दा गुमाएकाे नेता डा. प्रकाशशरण महतले बताएका छन्।
उनकाे शव अहिले अस्पतालबाट कपनस्थित घरमा लगिएकाे छ। श्रद्धाञ्जलीका लागि पार्टी सभापति शेरबहादुर देउवा दिउँसाे जाने बताइएकाे छ। त्यसपछि उनकाे शव आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। दाहालका दुई छाेरा, एक छाेरी र पत्‍नी छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here