काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ५४१ जनाको परीक्षण गर्दा ४२ जना महिला र ५४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यसका साथै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । उनीहरुमध्ये २ लाख ६९ हजार ५०५ जना संक्रमणमुक्त भएका छन् भने २०५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार ६०३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १०५२ जनाको होम आइसोलेसनमा छन् भने ६१ जनाको आईसीयू र १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।