काठमाडौं ।। फेसबुकले अस्ट्रेलियाका प्रयोगकर्तालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न वा हेर्न निषेध गरेको छ ।
यसले महत्तवपूर्ण जानकारीको पहुचमा निषेध गर्दा मानिसमा खलबली मच्चाएको हो । अष्ट्रेलियालीहरू बिहान उठि सबै स्थानीय र ग्लोबल समाचार साइटको फेसबुक पेजहरू हेर्न लाग्दा सबै अनुपलब्ध थियो । धेरै सरकारी स्वास्थ्य संस्थान, आपतकालिन र अन्य फेसबुक पेजहरु अवरुद्ध थिए । तर पछि फेसबुकले यो अनजानमा भएको गल्ती हो भन्यो ।
अष्ट्रेलिया बाहिरकाले पनि फेसबुकमा कुनै पनि अष्ट्रेलियाली समाचार प्रकाशनहरू पढ्न वा हेर्न सकेन्न् । फेसबुकको यो कदम अष्ट्रेलियामा प्रस्तावित कानूनको जवाफ हो । यो कानुन अनुसार फेसबुकले समाचार सामग्रीको लागि भुक्तान गर्नुपर्ने हुन्छ ।
गुगल र फेसबुक जस्ता कम्पनीले यो कानूनले इन्टरनेट कसरी काम गर्छ भनेर प्रतिबिम्बित गर्दैन र अनुचित रूपमा उनीहरूको प्लेटफर्मलाई ‘दण्ड’ दिन्छ भन्ने तर्क राखेका छन् । सञ्चार मन्त्री पावल फ्लेचरले फेसबुकले आफ्नो प्रतिष्ठा र पकडको अर्थ के हो भनेर धेरै सोचविचार गर्न आवश्यक रहेको बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here