काठमाडाैं ।। पश्चिमी वायुको प्रभावका कारण केही दिन यता मौसममा परेको प्रभाब भोलिदेखि मात्रै सुरधार हुने दखिएको छ । भोलिदेखि सुधार हुँदै जाने मौसमविदहरुले बताएका छन् । आज पनि बिहानभर मौसम सामान्य रहेपनि साँझ केही ठाउँमा पानी पर्ने सम्भावना छ । आज पनि काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीकाअनुसार काठमाण्डौ उपत्यकासहित पूर्वी तराई र पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि बद्ली भएर हल्का पानी पर्ने सम्भावना छ । भोलिबाट देशभर मौसम क्रमिक रुपमा सुधार हुने भएको छ । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले भोलिदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् नगरकोटीले बताउनुभयो । अहिले देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
भोलिदेखि मात्रै मौसममा परेको प्रभाब सुरधार हुने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।