गुल्मी ।। गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन । रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा हिजो साँझ जीप दुर्घटना भएको हो । हिजो साँझ लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here