रौतहट ।। रौतहटमा सरस्वती पुजाको चहल पहल बढेको छ । रौतहटको सरदमुकाम गौर सहित विभिन्न ठाउँमा युवाहरु सरस्वती पूजा धुमधामका साथ मनाउनको लागी मुर्ति सजाउने कार्यक्रममा व्यस्त देखिएका छन् ।
सरस्वती मन्दिरहरु तथा मूर्तिघरहरुमा बिहानैदेखि सजावट गरिएको र सरस्वतीको मूर्ति प्रतिस्थापन गरेको रौतहटका स्थानियहरुले बताएका छन् ।
आज सोमवार बिहानै शैक्षिक संस्था तथा विद्यालयहरुमा पुजापाठका लागि मन्दिर सरसफाई तथा सरस्वतीको मूर्ति राख्ने मूर्तिघरहरुमा विशेष सजावट सहित सिगार्ने र मूर्ति प्रतिस्थापन गर्ने काम गरिरहेका छन् । सर्वसाधारणदेखि विद्यार्थी, शिक्षकसम्मकाले समेत उत्सवको रुपमा दुई दिनका लागि सरस्वती पुजा मनाइरहेका छन् ।

सोमवार मूर्ति स्थापन गरेको र मंगलवार वसन्त पञ्चमी अर्थात श्री पञ्चमीका दिन धुमधामका साथ पुजापाठ गर्ने तथा बुधवार विशेष पुजापाठका साथ मूर्ति विर्सजन गरी सरस्वती पुजा सम्पन्न गरिने जनाएको छ ।
रौतहट जिल्लाको विभिन्न ठाँउमा हजारौ सरस्वतीका मूर्तिहरु विक्रि भएको र स्थानीयले घरघरमा मूर्तिको पुजासगै शैक्षिक सस्था र विद्यालयमा समेत पुजापाठ गरिरहेको बताइएको छ । कतिपय विद्यालयमा मन्दिर नै सरस्वतीको रहेकाले ति स्थानहरुमा भने मूर्ति खर्चको रकमबाट प्रतिभा प्रस्फुटन हुने सास्ंकृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here