रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ४ गढ़वामा गठन गरिएको खानेपानी टयांकीको सञ्चालन समितिको प्रति वड़ाका युवाहरुले आपत्ति जनाउँदै नियुक्त गरिएको अध्यक्षलाइ हटाउन मांग गर्दै अाइतवार गौर नगरपालिका तथा जिल्ला प्रशासन कार्यालयमा सामूहिक रुपमा ज्ञापन पत्र बुझाएका छन ।
शुद्ध खानेपानीको लागि खानेपानी तथा सरसफाई आयोजना द्वारा बनाइएको ओभरहेड टयांकी सञ्चालन गर्न बनाइएको सञ्चालन समिति गोप्य रुपमा गठन गरिएको भनी स्थानियहरुले विरोध जनाउँदै खरेजीको मांग गरेका हुन ।
संचालन समिति सार्वजानिक रुपमा भेला गराएर गठन गर्नु पर्ने वड़ा अध्यक्ष भुनेश्वर शाहीले गोप्य रुपमा आफ्नो नजिकका व्यक्तिलाइ अध्यक्ष बनाएको स्थानीय युवा संतोष यादवले आरोप लगाएका छन । समितिको अध्यक्षमा मुकेश पटेल रहेका छन ।
युवाहरु द्वारा बुझाइएको ज्ञापन पत्रमा वड़ाका राजनितिक दलका प्रतिनिधि ,नागरिक अगुवा , बुद्धिजीवी ,भर भलादमीलाइ भेला गरेर समिति गठन गर्नु पर्ने उल्लेख गरिएको छ ! समय समस्या समाधान भएन भने संघर्षमा जाने ज्ञापन पत्र मार्फत चेतावनी दिइएको छ ।





