काठमाडाैं ।। प्रहरीले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्य विरुद्धको कसुरको आरोपमा पक्राउ पर्नुभएका झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि हिजो साँझ झन्डै साढे ५ घन्टापछि रिहा गरेको हो । पक्राउपछि झाँक्रीलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफै पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उहाँको निवासबाटै नियन्त्रणमा लिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो । झाक्री पक्राउको विरोधमा प्रचण्ड–नेपाल निकट युवा विद्यार्थीले हिजो साँझ माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा झन्डै ५० जना प्रदर्शनकारी घाइते भएका छन् । केहिलाई सिभिल अस्पतालमा राखिएको छ भने केहीलाई राष्ट्रिय ट्रमा सेन्टरमा राखेर उपचार गरिँदैछ । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका थिए ।
पक्राउ परेको साढे ५ घन्टापछि प्रचण्ड–नेपाल पक्षका नेता झाँक्री रिहा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।