काठमाडाैं ।। प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा दुबै पक्षको बहसमा उठेका प्रश्नको जवाफ आइतबार दिइने भएको छ । विपक्षीतर्फ र निवेदकका तर्फबाट सबै कानुन व्यवसायीले हिजो बहस सकाएका छन् । हिजो प्रधानमन्त्री केपी शर्मा ओली तथा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीहरूले बहस सकेका हुन् । अब आइतबारदेखि बहसमा उठेका प्रश्नमा निवेदकका तर्फबाट जवाफ दिइने छ । जवाफपछि अदालतको आदेशअनुसार नेपाल बार र सर्वाेच्च अदालत बार एसोसिएसनबाट सिफारिस हुनुभएका एमिकस क्यूरीले इजलासलाई राय दिने क्रम सुरु हुनेछ । इजलासले १३ निवेदनका निवेदकहरूलाई समन्वय गरेर बढीमा पाँच जनाले जवाफ दिन आग्रह गरेको छ । यद्यपि हिजो इजलासमा उक्त विषयमा सहमति भएन । सबै निवेदकले जवाफ दिने आसय जनाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले त्यसलाई अस्वीकार गर्नुभएको थियो । अन्य न्यायाधीशहरूले पनि आपसमा समन्वय गरेर सङ्ख्या तय गर्न आग्रह गरेका थिए ।
Home मुख्य समाचार प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस सकियो, बहसमा उठेका प्रश्नको जवाफ आइतबार दिइने
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस सकियो, बहसमा उठेका प्रश्नको जवाफ आइतबार दिइने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।