काठमाडाैं ।। अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावनी दिनुभएको छ । म्यान्मारमा सैनिकले सत्ता नियन्त्रणमा लिएपछि अमेरिकाले कारबाही स्वरुप आर्थिक सहयोग रोक्ने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति बाइडनले म्यान्मारका सैन्य जनरलहरुलाई सत्ता छोड्नका लागि भन्दै अमेरिकाले म्यान्मारलाई दिँदै आएको आर्थिक सहयोग रोक्ने चेतावती दिनुभयो । राष्ट्रपति बाइडेनले अमेरिका म्यान्मारका लागि कडा निर्यात नियन्त्रण लागू गर्ने र आवश्यक परेमा अतिरिक्त प्रतिबन्ध लगाउनका लागि तयार रहेको बताउनुभयो । राष्ट्रपति बाइडनले आफ्नो प्रशासनले म्यान्मारमा अमेरिकी एक अर्ब डलर फ्रिज गर्न लागेको पनि जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












